Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा एकैदिन थपिए २८ जना कोरोना संक्रमित


    बिहिबार, असार १८ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १७ जना महिला र ११ जना पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा एकैपटक २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    लकडाउन केही खुकुलो भएसंगै काठमाडौंमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । आज थप भएका ४७३ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

    अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । आज थप एक जनाको मृत्यु भएको पुष्टि भएसंगै मृतकको संख्या ३१ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार