काठमाडौं । गण्डकी प्रदेशमा बिहिबार १७ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणबाट बिहीबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितमध्ये १६ जना लमजुङका हुन् भने एकजना कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष हुन् ।
लमजुङका मध्ये ४ जना मध्यनेपाल २६, ४१, २७, ५० वर्षका पुरुष, सुन्दरबजारका ३६, ४८ र ६० वर्षका पुरुष र ३५ वर्षीया महिला, बेशीसहरका २४, २७ र ३४ वर्षका पुरुष, दोर्दीका २४ र २६ वर्षका पुरुष, दूधपोखरीका ५० वर्षीय पुरुष, मर्स्याङ्दीका ३९ वर्षीय पुरुष र राइनासका ४५ वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।