Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणका कारण ४५ दिने शिशुको मृत्यु


    बिहिबार, असार १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । कोरोना संक्रमणका कारण ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।  त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ मृत्यु भएको अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिएका छन् ।

    घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको शल्यक्रिया अघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार