Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • डेल्टा एयरलायन्सका ५०० कर्मचारीलाई कोरोना, १० जनाको मृत्यु


    बिहिबार, असार १८ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाको डेल्टा एयरलायन्सका झन्डै ५०० जना कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण भएको छ। तीमध्ये १० जनाको मृत्यु भएको कम्पनीले जनाएको छ।

    गत जुन १८ गते भएको सेयरधनीहरूसँगको फोन वार्ताका क्रममा डेल्टाका प्रमुख कार्यकारी अधिकृत एड बास्टियनले भने,‘हाम्रा झन्डै ५ सय कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये धेरै जना निको भइसकेका छन्। तर उक्त रोगका कारण हामीले १० जना कर्मचारी गुमाएका छौं।’

    डेल्टा एयरलायन्सका संसारभरि ९० हजार बढी कर्मचारी छन्। गत मार्चदेखि कर्मचारीहरूमा कोरोना संक्रमण देखिन थालेको थियो।

    पछिल्लो समय उक्त कम्पनीले आफ्ना सबै कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी गरिरहेको छ।

    संक्रमित कर्मचारीहरू क्याबिन क्रुका हुन् किन ग्राउन्ड ह्यान्डलिङका हुन् र उनीहरूले कुन फ्लाइटमा काम गरेका थिए भन्ने प्रष्ट भइसकेको छैन।

    कर्मचारीमा संक्रमण भए पनि डेल्टाले जुन २५ बाट अमेरिकादेखि चीनका लागि उडान पुनः सुचारू गर्ने जनाएको छ।

    गत फेब्रुअरीमा कोरोनाभाइरसका कारण उडान बन्द भएपछि पहिलो पल्ट अमेरिकी एयरलाइन्सले चीनमा उडान गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार