Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सर्पको डसाईबाट एक महिलाको मृत्यु


    बिहिबार, असार १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कैलाली । कैलालीम सर्पको डसाईबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको उपमहानगरपालिका ९ की ३५ वर्षीया सम्पतुदेवी रानाको सर्पको डसाइपछि अस्पताल पुर्‍याउन ढिलाइ भएर मृत्यु भएको हो ।

    प्रहरीका अनुसार उनलाई आफ्नै घरको कोठामा बुधवार साँझ करिब ६ बजे सर्पले डसेको थियो । समयमै अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

    ‘साँझ ६ बजे सर्पले टोकेको हो । राति १ः३० मा अस्पताल ल्याएको जानकारी पाएका छौँ,’ उनले भने, ‘अस्पतालले मृत घोषणा गर्‍यो ।’

    पछिल्लो समय कैलाली र कञ्चनपुरमा सर्पदंशका घटनाहरू बढ्न थालेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मंगलवार राति विषालु सर्पको डसाइबाट १४ वर्षीय पर्वत गिरीको मृत्यु भएको थियो ।

    त्यसअघि सर्पदंशकै कारण असार १४ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीकी ५ वर्षीया बालिका पुनम बोहराको पनि मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार