काठमाडौं । बुधबार बिहान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्माओलीले बालुवाटारमा आफूनिकट नेता र मन्त्रीहरुलाई बोलाएर आफूलाई घेराबन्दीमा पारिएको भन्दै सहयोग गर्न आग्रह गरेपछि साँझ अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपालसहितका ३० स्थायी समिति भेला भएका छन् ।
४४ सदस्यीय स्थायी समितिमा ३१ सदस्यले प्रधानमन्त्री ओलीले दुवै पद छाड्नुपर्ने मागप्रति समर्थन जनाएका छन् । उक्त भेलामा उपस्थित नभए पनि पर्यटन मन्त्री योगेश भट्टराईले निर्णयप्रति समर्थन जनाएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्नु भन्दा पनि बालुवाटारमा गुटको बैठक राखेर चुनौती दिएकाले झम्सीखेलमा भेला राखेको तर्क प्रचण्ड र माधव नेपालनिकट स्थायीसमिति सदस्यहरुको भनाइ छ । प्रचण्ड र माधव नेपालसतिका शीर्षनेताहरु सहमतिकै आधारमा निर्णय गर्ने तर त्यो सहमति हुन नसके बहुमतका आधारमा निर्णय गरेर अगाडि बढ्ने पक्षमा पुगेको छ ।
झम्सिखेलको एक रेष्टुरेन्टमा बसेको बैठकले अब प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पार्टी निर्णय मान्न तयार भए मात्र उनीसँग वार्ता र छलफल गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend