काठमाडौं । बुधबार बिहान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्माओलीले बालुवाटारमा आफूनिकट नेता र मन्त्रीहरुलाई बोलाएर आफूलाई घेराबन्दीमा पारिएको भन्दै सहयोग गर्न आग्रह गरेपछि साँझ अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपालसहितका ३० स्थायी समिति भेला भएका छन् ।
४४ सदस्यीय स्थायी समितिमा ३१ सदस्यले प्रधानमन्त्री ओलीले दुवै पद छाड्नुपर्ने मागप्रति समर्थन जनाएका छन् । उक्त भेलामा उपस्थित नभए पनि पर्यटन मन्त्री योगेश भट्टराईले निर्णयप्रति समर्थन जनाएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्नु भन्दा पनि बालुवाटारमा गुटको बैठक राखेर चुनौती दिएकाले झम्सीखेलमा भेला राखेको तर्क प्रचण्ड र माधव नेपालनिकट स्थायीसमिति सदस्यहरुको भनाइ छ । प्रचण्ड र माधव नेपालसतिका शीर्षनेताहरु सहमतिकै आधारमा निर्णय गर्ने तर त्यो सहमति हुन नसके बहुमतका आधारमा निर्णय गरेर अगाडि बढ्ने पक्षमा पुगेको छ ।
झम्सिखेलको एक रेष्टुरेन्टमा बसेको बैठकले अब प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पार्टी निर्णय मान्न तयार भए मात्र उनीसँग वार्ता र छलफल गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend