काठमाडौं । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । काठमाडौ उपत्यकामा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । बुधबार थपिएका ४ सय ८२ जना कोरोना संक्रमितमध्ये १७ जना काठमाडौं उपत्यकाभित्रका छन् ।
काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।