Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • विद्युत सर्ट भएर साबुन उद्याेगमा आगलागी, ५० लाखको क्षति


    बुधबार, माघ १९ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । राजविराज नगरपालिका-७ मा संचालित छिन्नमस्ता साबुन उद्याेगमा आगलागी हुँदा ५० लाखको क्षति भएको छ ।

    सुनिलकुमार साह र प्रमोदकुमार साहले संयुक्त रूपमा  संचालन गर्दै आएको साबुन उद्याेगमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    आगलागीबाट उद्याेगमा रहेका १२ सय काटुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फ लगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि ५० लाख बराबरको क्षति भएको हो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार