Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना कहरः भारतमा एकै दिन ५०७ जनाको मृत्यु


    बुधबार, असार १७ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसका कारण भारतमा एकै दिनमा ५०७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १७ हजार चार सय पुगेको छ । भारतमा कोरोना भाइरसको कारण एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

    त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख ८५ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १८ हजार ६५३ नयाँ संक्रमित फेला परेका छन् ।

    भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ७४ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार ८५५ जनाको मृत्यु भइसकेको छ ।

    तामिलनाडुमा पनि ९० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार २०१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दिल्लीमा ८७ हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ७४२ जनाको मृत्यु भइसकेको छ ।

    उत्तर प्रदेशमा अहिलेसम्म २३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६९७ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि अहिलेसम्म १८ हजारभन्दा धेरै संक्रमित देखिएका छन् भने ६६८ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि १० हजारभन्दा बढी संक्रमित भेटिँदा ६७ जनाको मृत्यु भइसकेको छ ।

    अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख ४७ हजार ९७९ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार