Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफैँले जोतिरहेको ट्र्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु


    बुधबार, असार १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–४ मा बुधबार बिहान खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिए।

    बिहान करिब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स१त ५८७६ नंको ट्र्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन्।

    सेभ द सप्तरीका कर्मचारीसमेत रहेका मण्डलको निधनप्रति इमान्दार कर्मचारी गुमाएको भन्दै सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवले दुःख व्यक्त गरेका छन्।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार