काठमाडौं । जाे काेही विदेशी सिधै आफै आएर त चलखेल गर्दैनन् । तिनले आफ्ना अनुचर, फण्डिङ इलेमेन्ट, शिखण्डी, प्रभावित तत्वहरू, एजेण्ट एवं आफ्नाे हितमा चल्दै आएका व्यक्तिहरूलाई रिमाेटबाट जस्तैगरि संचालन गर्ने गर्दछन् ! अभिनय र प्रस्तुति नेपथ्यमा चल्दै आएकाेमा अब रंगमचमा नै प्रदर्शन शुरू भएकाे अनुभूति हुन थाल्याे !
भारतीय मिडियाले दिल्लीमा गरिरहेकाे सनसनीपूर्ण संप्रेषण र हाेहल्लालाई पुष्टि गर्नेगरी खास चलखेल थालिएकाे हाेला ? नेपालमा नेपालविराेधी माहाेल बनाउने र नेपालकाे हितमा दृढतापूर्वक उभिएर नेतृत्व गर्नेहरूकाे तेजाेबध गरेर आफ्ना स्वार्थ पूरा गर्न उद्दत जुनकुनै काेशिसका असली निर्देशक र खलनायकहरू काेकाे हुन ? तिनलाई राम्राेसँग चिन्न मात्रै सके पुग्छ । याे यतिबेलाकाे अहं प्रश्न बनेकाे छ ।
१. विगत १४६ बर्ष नेपालले भाेगचलन गरेकाे, तर ५८ बर्षदेखि अतिक्रमण गरिएकाे नेपालकाे भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटी नेपालकाे राजनीतिक र प्रशासनिक नक्सा प्रकाशित गर्नु तथा त्यसलाई निशान छापमा राख्नु कसरी राष्ट्र र पार्टीकाे अहितमा भयाे ? यस कार्यकाे नेतृत्व गर्ने प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरूद्दकाे प्रहार र घेराबन्दी ठीक यतिबेला कसकाे सेवामा समर्पित र लक्षित रहेकाे छ?
२. नागरिकता कानुनमा बैवाहिक अंगीकृतले ७ बर्षपछि मात्र नागरिकता पाउनसक्ने कानुनी व्यवस्था कसकाे हितमा भएन ? अंगीकृत नागरिकता प्राप्त नागरिकका सन्तानले जन्मसिद्ध आधारमा नागरिकता लिनसक्ने वंशजकाे अधिकार कायम गर्दा कुनचाहिं नेपाली, पहाडी र तराईबासीकाे अहितमा हुन्छ ? भारतमा विवाह भएकाे ७ बर्षपछि अंगीकृतकाे नागरिकता लिन प्रक्रिया थाल्न सक्ने कानुनले के व्यवस्था गरेकाे छ र नेपालबाट विवाह गरी भारत पुगेका चेलीहरूले त्यसअनुरूप नै नागरिकता लिइरहेका छैनन् ? अनि, नेपालमा विवाह गरेर आउनासाथ नागरिकता, सांसद र मन्त्री बन्न पाउने सरिताप्रवृत्तिकाे पैरवी कसकाे हित र कसकाे अहितमा हुन्छ ?
३. भारतले नेपाली भूभाग राखेर नक्सा प्रकाशित गरेपछि नेपालले माैनता साँधेर बसिदिनु पर्दथ्याे ? वा नेपालले आफ्नाे भूभाग राखेर नक्सा छाप्नु नै गल्ती थियाे ? नयाँ नक्सालाई निशान छापमा राख्न संविधानकाे दाेस्राे संशाेधन गरेर सर्वसम्मतिले पारित गर्नु पनि गल्ती थियाे ?
४.अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस हदमा प्रहार कसकाे निर्देशन, चलखेल र हितमा गरिएकाे छ ? हिजाेदेखि यस्ता धेरै प्रश्नहरू सर्वत्र उठिरहेका र उठाइएका छन् । यिनकाे जवाफ हरेक देशभक्त नेपाली नागरिकले स्पष्ट खाेजिरहेका छन् । आफ्नो सान्दर्भिकताकाे लागि पनि नेकपा यी प्रश्नहरूमा स्पष्ट हुन सक्नुपर्छ ?