Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्दाबन्दीमा ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै ब्यवसायी सडकमा


    बुधबार, असार १७ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । उपत्यकाका ट्याक्सी व्यसायीले बन्दाबन्दीमा ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै सडकमा ट्याक्सी निकालेका छन् । व्यवसायीले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरिएको भन्दै मङ्गलवार ट्याक्सी लिएर सडकमा आएका हुन् । तीन महिनाभन्दा बढी बन्दाबन्दी हुँदा बैङ्क किस्ता र खान बस्नसमेत समस्या हुन थालेको भन्दै आफूहरूले काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

    कारोनो भाइरसबाट जोगिएर सावधानीपूर्वक आफूहरूले व्यवसाय गर्न पाउनुपर्ने उपत्यका ट्याक्सी स्वरोजगार सङ्घले जनाएको छ । सरकारले जोर–बिजोर प्रणाली अनुसार नै सञ्चालन गर्न दिए पनि आफूलाई राहत हुने सङ्घले ट्याक्सी व्यवसायी विनोद थापाले बताउनुभयो ।

    उपत्यका ट्याक्सी स्वरोजगार सङ्घ र अखिल नेपाल ट्याक्सी मजदुर सङ्घको अगुवाइमा यातायात व्यवस्था विभाग अगाडि धर्नामा बसेका थापाले भन्नुभयो, तीन महिना भइसक्यो काम गर्न नपाएको भएको पैसा सबै सकियो, बैङ्कको किस्ता कसरी तिर्ने, अब कसरी जहान परिवार पाल्ने, चारपाङ्ग्रे साना गाडी चलाउने तर हामी गरिखाने वर्गलाई सरकारले रोक्ने, के ट्याक्सीले मात्र हो कोरानो सार्ने ? बजारभरि गुडेका यी साना गाडीले सार्दैनन् ?

    स्वास्थ्य सुरक्षाका साथ सरकारले चलाउन दिनुपर्ने थापाको भनाइ छ । उपत्यकामा झन्डै १२ हजार ट्याक्सी दर्ता सञ्चालनमा छन् तर बन्दाबन्दीका कारण व्यवसाय गर्न नपाएकाले आफूहरूलाई आर्थिक समस्या परेको भन्दै काम गरी खान सरकारले दिनुपर्ने व्यवसायीको माग छ । मङ्गलबार सडकमा निस्किएका ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । महानगरीय ट्राफिक प्रहरीका एसपी वामदेव गौतमका अनुसार १६ सय २२ सवारी साधनलाई नियन्त्रणमा लिइ होल्ड गरिएको थियो भने जसमध्ये पाँच सय २० वटा ट्याक्सी होल्डमा परेका थिए ।

    तर यातायात व्यवस्था विभागले भने ट्याक्सी सञ्चालन गर्ने नगर्ने निर्णय आफूहरूले गर्न नसक्ने बताएको छ । सरकारले निर्णय गर्ने भएकाले विभागले यसमा केही गर्न नसक्ने बताइएको छ । विभ(ागका महानिर्देशक गोगनबहादुर हमाल भन्नुहुन्छ, ट्याक्सी व्यवसायी चलाउन पाउनुपर्छ भनेर यहाँ आइरहनुभएको छ हामीले उहाँहरूको कुरा मन्त्रालयमा जानकारी गराएका छौँ, यसमा कोरोना समितिले निर्णय गर्नुपर्छ । हामीले गरेर हुँदैन तर हाम्रो पहल भएको छ । उहाँका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सार्वजनिक सवारी सञ्चालनका बारेमा निर्णय गर्नुपर्ने हुन्छ ।  आजको गोरखापत्रबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार