Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भोकले मर्ने भएपछि ट्याक्सी ब्यवसायी सडकमा


    मंगलबार, असार १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तीन महिनाभन्दा बढी समयदेखि जारी लकडाउनका कारण सार्वजनिक यातायात बन्द छ । कोरोना महामारीका कारण सरकारले निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा संचालन गर्न अनुमति दिए पनि ट्याक्सी र यात्रुबाहक सवारी संचालन गर्न दिएको छैन । जसका कारण दिनभर कमाएर बेलुका खानुपर्ने स्वरोजगार ट्याक्सी ब्यवसायीहरु मारमा परेका छन् । बैंकबाट ऋण लिएर ट्याक्सी खरिद गरेका उनीहरु थप समस्यामा परेका छन् ।

    बैंकले ऋण तिर्न ताकेता गरेको गर्यै गर्ने र खान समेत नपाउने भएपछि ट्याक्सी ब्यवसायी सडकमा उत्रिएका छन् । ब्यवसायीहरु मंगलबार बिहानैदेखि नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

    ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार