काठमाडौं । बितेको २४ घन्टामा ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । आज थप भएका संक्रमितहरुमा ३६४ पुरुष र ११२ महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।