Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कार र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु


    सोमबार, असार १५ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही। सोमबार सैनामैनामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

    सोमबार दिउँसो पूर्व पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका वडा . ६ कलौनी शान्तिटोलमा कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना १ बस्ने वर्ष ३० का सन्तोष परियार र अर्का एकजना अन्दाजी ४६ वर्षीय पुरूषको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।

    दिउँसो २ बजेतिर भएको दुर्घटनामा परी मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन।

     

    कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार