Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सलहको सबैभन्दा ठूलो झुण्ड कपिलबस्तुमा


    सोमबार, असार १५ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सलहको ठूला झुण्डहरू कपिलवस्तुका तीन नगरपालिकामा फेला परेका छन् ।

    प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको हो।

    आइतबार अपराह्न करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान छ । उक्त नयाँ समूह जंगलमा बसेको प्रवक्ता सुवेदीले बताए ।

    करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले दाबी गरे ।

    नेपालमा शनिबारदेखि सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह सानासाना झुण्डमा छुट्टिएर नेपाल प्रवेश गरेको बताउँदै आएको थियो । अब ठूलो झुण्ड पनि नेपाल आउन थालेको पाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार