काठमाडौं । एमाले र माओवादी कार्यालय पार्टी एकता अघि भरिभराउ हुन्थे । नेताहरुको आउजाउ बाक्लो हुन्थ्यो । तर पार्टी एकतापछि तत्कालीन एमालेको धुम्बाराही कार्यालय र माओवादीको पेरिसडाँडा सुनसान र चकमन्न हुन थालेका छन् ।
पार्टी एकताको सुरुवातमा कहिले धुम्वाराही त कहिले पेरिसडाँडामा भेला भए पनि त्यसपछि प्रायः पार्टीका गतिबिधि हुनै छाडेका छन् । पार्टीका तल्लो तहका कार्यकर्ताहरु जिम्मेवारीविहीन छन् । र, उनीहरु गुट उपगुटको पक्षमा सामाजिक संजालमा लेख्नेमै सीमित छन् । हुँदाहुँदा अब त कार्यकर्ताको सपथग्रहण पनि शीर्षनेताका घर घरमा हुन थालेका छन् । सोमबार यस्तै भएको छ । नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीलाई नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमै सपथ ग्रहण गराइएको छ ।
सोमबार अध्यक्ष दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, श्रममन्त्री रामेश्वर राय यादव र सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको उपस्थितिमा प्रदेश नम्बर २ का सचिव सुमन प्याकुरेलले बुढाथोकीलाई सपथ खुवाएका छन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend