Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटन मन्त्रालयद्वारा नवराज विकदेखि भैरव रिसाल र महावीर पुनसम्मलाई पुरस्कृत गर्ने घोषणा


    सोमबार, असार १५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समाज सुधार अभियान विधातर्फ ०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार जाजरकोटका नवराज विकलाई मरणोपरान्त दिने निर्णय गरेको छ । गत जेठ १० मा पे्रमिका लिन साथीहरुसहित पश्चिम रुकुम पुगेका विकसहित ६ जनाको स्थानीयहरुबाट हत्या गरिएको थियो । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा अविस्मरणीय योगदान पुर्याउनु भएका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप नेपाल सरकारले वि.सं. २०७३ साल देखि भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।

    त्यसैगरी ०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्दका संस्थापक महाविर पुन हुन् । त्यस्तै, संस्कृति बिधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ र भाषा साहित्य विधातर्फ महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार भैरव रिसाललाई दिने निर्णय गरेको छ । श्रेष्ठ सिमाविद् हुन् भने रिसाल सिमाको खोज अध्ययनकर्र्ता मात्र नभएर भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा पनि उक्तिकै सशक्त छन् । नाटक विधातर्फ गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वरिष्ठ साहित्यकार अभि सुवेदीलाई दिने निर्णय गरेको छ । यी सबै पुरस्कारको राशी जनही १ लाख रुपैया रहेको छ ।

    आइतवार मन्त्रीस्तरीय निर्णयबाट यी पुरस्कारहरु घोषणा भएका हुन् । यसबाहेक संस्कृति, भाषा, ललितकला, संगीत तथा नाट्य गरि चारै विधामा एक एक जनालाई जनही एक लाख रुपैयाँ राशीको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही ५० हजार रुपैयाँ राशीको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको छ ।

    महाकवि देवकोटा पुरस्कार भाषा सहित्य विधासहित कविता, निवन्ध, गद्यख्यान÷नाटक र बाल सहित्य÷लोकसाहित्य गरि पाँच विधामा पाँच स्रष्टालाई दिने निर्णय भएको छ ।

    गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटकसहित कविता विधामा एक जनालाई, पुष्पलाल राष्ट्रिय पुरस्कार साहित्य, संस्कृति र वित्रानसहित राजनीतिक र सैद्धान्तिक तथा इतिहास गरि तीन विधामा तीनजनालाई र भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समाज सुधार अभियानसहित मानवअधिकार र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धान गरी तीन जानलाई दिने निर्णय गरेको छ । यी प्रत्येक पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार