Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एडीबीले दियो नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण


    सोमबार, असार १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । नेपालको विद्युत आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न एडीबीले उक्त सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको जनाएको छ ।

    नेपालस्थित एडीबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो ।

    उक्त रकम काठमाडौँ उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार