Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनआईसी एशिया लघुवित्तको आईपीओमा पर्‍यो ५.१६ गुणा बढी आवेदन


    आइतबार, असार १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा अन्तिम दिनसम्ममा ५ दशमलव १६ गुणा आवेदन परेको छ ।

    एनआइसी एसिया लघुवित्तको आइपीओमा आइतबार साँझ ५:३० बजेसम्ममा ४ लाख १२ हजार ३३२ जनाले २ करोड २९ लाख ६८ हजार ८७० कित्ताका लागि आवेदन दिएका छन् । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्ने बिक्री प्रबन्धकको भनाई छ ।  बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यसमा कुल २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो । जसमा कुल निष्कासनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । सर्वसाधारको लागि बिक्री खुला गरिएको ४४ लाख ४३ हजार २०० कित्तालाई आधार मान्दा ५.१६ गुणा बढी आवेदन हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार