Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जननेता मदनको बिचारले साम्राज्यवाद र पूँजीवादबिरुद्धको संर्घषमा उर्जा प्रदान गरेको छः पौडेल


    आइतबार, असार १४ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जननेता कमरेड मदन भण्डारीको ६९ औं जन्मजयन्ती तथा राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा युवासंघ नेपालले आइतबार चन्द्रागिरी नगरपालिका वडा नं ११ अन्तर्गत त्रिभुवन राजपथमा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा युवासंघ नेपालका उपाध्यक्ष किरण पौडेलले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा अध्यक्ष पौडेलले मानव जीवनमा आवश्यक अक्सिजनका लागि यी बोटबिरुवाको जति महत्व छ, त्यसैगरी विश्व समाजवादी आन्दोलनमा जननेता भण्डारीको बिचारले अक्सिजन प्रवाह गरी विश्व साम्राज्यबाद र पूँजीवादबिरुद्धको संर्घषमा उर्जा प्रदान गरेको बताउनुभएको थियो ।

    कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य एवं क्षेत्र नं १० का ईन्चार्ज रुपा महर्जन, नेकपा चनपा वडा ११ वडा अध्यक्ष एवं चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन, नेकपा चन्द्रागिरी नगरका अध्यक्ष, राजु श्रेष्ठ र सचिव देबकृष्ण महर्जन सहभागी हुनुहून्थ्यो ।

    त्यसैगरी चनपा वडा नं १० का वडा अध्यक्ष गोपालकृष्ण महर्जन, चनपा वडा नं ८ का वडा अध्यक्ष सन्तोष खड्का, नेकपा चन्द्रागिरी बिभिन्न वडा कमिटी अध्यक्ष लगायतका वडाबासी पनि कार्यक्रममा सहभागी थिए ।

    कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय नेताहरु रमेश आचार्य, निरेशलाल सिंह, क्षितिज थेबे, अशोक चौंलागाई, मिना श्रेष्ठ, सीता सुवेदी, शिवकुमार महर्जन, रामजी सापकोटा, जय गुरूङ, रमेश पौडेल, अमित पौडेल, भाइकृष्ण बलामी लगायत दर्जनौं युवा नेताहरुको उपस्थितिमा युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला युवा समिति नवलपरासी का अध्यक्ष रमेश पौडेलको र युवा नेताबाबु छत्कुलीको विशेष पहलकदमीमा बिभिन्न जातका १ सय ७५ बोटबिरुवाको ब्यवस्थापन गरिएको थियो । कार्यक्रममा चन्द्रागिरी नगरका राष्ट्रिय युवासंघ नेपालका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार