Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु


    आइतबार, असार १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ।

    बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए।

    उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए।

    उनले मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भएरनभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताए। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार