Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोलामा खसेका युवकको शव फेला


    आइतबार, असार १४ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । वालिङ नगरपालिकामा गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।नगरपालिका ५ लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाई खसेका थिए ।

    उनको शव वालिङ ६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    ती युवक रुपन्देही जिल्ला घर भई हाल वालिङ ७ केवरेस्थित भिनाजुको घरमा बस्दै आएका प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार