Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एलबी विश्वकर्माको मृत्युमा उठेका प्रश्नहरू छानबिन गर्न प्रेस काउन्सिलको टोली सिभिल अस्पतालमा


    शुक्रबार, माघ ७ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पत्रकार एलबी विश्वकर्माको मृत्युमा उठेका गम्भीर प्रश्नहरू छानबिन गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालको टोली सिभिल अस्पताल पुगेको छ ।

    अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारप्रति चौतर्फी प्रश्न उठिरहेको समयमा प्रेस काउन्सिलको टोलीले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनु पर्ने बताएका छन् ।

    पत्रकार ठाकुर बेल्यासेले अस्पताल प्रशासनसँगको छलफलमा आफूहरूले दोषीमाथि कडा कारबाहीको माग गरेको बताएका छन् । उनले राजधानीमै अस्पताल पुगेका पत्रकारले उपचार नपाएर ज्यान गुमाउनु दुखद भएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार