Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  क्वारेन्टिनमा बिरामी भएको ३० घण्टापछि आइसियुमा भर्ना


    आइतबार, असार १४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    कैलाली । क्वारेन्टिनमा गम्भीर विरामी परेका युवकले ३० घण्टापछि मात्रै उपचारका लागि भेरी अञ्चल अस्पताल लगिएको छ । कैलाली गौरीगंगा नगरपालिका वडा नम्वर ४ का २२ वर्षीय युवकलाई अस्पतालको आयुसियुमा भर्ना गरिएको छ।

    उनी शुक्रबार राति २ बजेबाट बेहोस भएका थिए। भेरी अञ्चल अस्पतालका सूचना अधिकारी डाक्टर संकेत रिसालका अनुसार युवक बेहोस भएको ३० घण्टापछि उनलाई आइसियुमा राखेर उपचार गरिएको हो।

    उनले भने ‘अस्पतालमा ६ वटा मात्रै आइसियु थियो, ती सबै प्याक हुँदा हिजो उनको उपचार गर्न सम्भव थिएन, आज भर्खर आइसियुमा भर्ना गरेर उपचार गरिरहेका छौँ।’

    युवकको फोक्सो र मुटले काम गर्न छोडेकोले उनलाई अचेत अवस्थामा अस्पतालमा पुर्‍याइएको सुचना अधिकारी रिसालले बताए।
    उनले बिरामीको अहिलेसम्म पनि होस नआएको बताए।

    डाक्टर रिसालका अनुसार युवकको स्वास्थ्य अवस्था गम्भीर छ। यसअघि उनलाई सेती प्रादेशिक अस्पताल, निसर्ग अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।

    आइसियु नभएको भन्दै यी अस्पतालले रेफर गरेका थिए।

    विरामी युवक जेठ २६ गते भारतबाट फर्केर तीन हप्तादेखि वडा नम्बर ४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बस्दै आएका थिए।
    उनको पिसिआर परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार