Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता


    शुक्रबार, माघ ७ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । कोरोना संक्रमणको दोस्रो लहरका बेला अग्रपंक्तिमा प्रत्यक्ष रूपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन्।

    तेस्रो चरणको ओमिक्रोन भेरियन्टको संक्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरूले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै अन्यौल रहेको बताएका हुन्।

    महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत अहेव गोपालदत्त पन्तले कोरोनाको दोस्रो लहरका बेला दुई महिनाको मात्रै जोखिम भत्ता पाएको बताए।

    ‘पहिलो लहरमा सरकारले चार महिनाको सतप्रतिशत भत्ता स्वास्थ्यकर्मीलाई दिएको थियो’, उनले भने, ‘दोस्रो लहरमा अझै दुई महिनाको भत्ता पाइएको छैन।’

    यहाँका पालिकास्तरका  स्वास्थ्यकर्मीले भने पहिलो लहरका बेलाको मात्रै जोखिम भत्ता पाएको बताएका छन्। 

    स्वास्थ्य कार्यालयका कोभिड-१९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले स्वास्थ्यकर्मीले सरकारले निर्धारण गरेको जोखिम भत्ता नपाएको बताए।

    ‘यहाँ पालिकापिच्छे केहीले केही महिनाको पाए पनि सबैले भत्ता पाउन सकेका छैनन्’, उनले भने, ‘नदिने भनेको छैन, दिन ढिलाइ भएकै हो।’

    गत असारमा सरकारले स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार