कैलाली । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका ६ जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।
प्रहरीले धनगढी उप–महानगरपालीका वडा नम्बर ९ बस्ने जिल्लाका जनसरकार प्रमुख ४८ का दल बहादुर बिकसहित ६ जनालाई शनिबार राति पक्राउ गरेको हो।
विभिन्न मितिमा आपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका बिकलाई प्रहरीले वडा नम्बर १२ जुगेडामा फेला पारेको थियो। उनीमाथि राजद्रोह, कर्तव्य ज्यान, हातहतियार खरखजाना, विस्फोटक पदार्थ तथा संगठित अपराधको आरोप रहेको प्रहरीको दावी छ।
‘कसैको श्रद्धाञ्जलीको कार्यक्रममा जाँदै थिए भन्ने खबर आएको थियो। त्यसैक्रममा हामी पक्राउ गर्न गयौं,’ प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले भने।
उनलाई पक्राउ गर्न खोज्दा उनीसँग रहेका अन्यले प्रहरीमाथि नै अभद्र व्यवहार गरेको र भगाउन खोजेपछि अन्य पाँच जनालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले २२ वर्षीय लक्की शाह, जिल्ला कमिटीका सदस्य ४० वर्षीय डम्बर सुनार, वर्तमान अखिल क्रान्तिकारीका अध्यक्ष २५ वर्षीय सुवास जोशी, धनगढी उपमहानगरपालिकाका इन्चार्ज ३० वर्षीय प्रकाश रावल र जिल्ला कमिटी बझाङका सदस्य ३० वर्षीय बवरजंग सिंह छन्।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान थालेको प्रहरी कार्यालय कैलालीले जनाएको छ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend