कैलाली । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका ६ जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।
प्रहरीले धनगढी उप–महानगरपालीका वडा नम्बर ९ बस्ने जिल्लाका जनसरकार प्रमुख ४८ का दल बहादुर बिकसहित ६ जनालाई शनिबार राति पक्राउ गरेको हो।
विभिन्न मितिमा आपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका बिकलाई प्रहरीले वडा नम्बर १२ जुगेडामा फेला पारेको थियो। उनीमाथि राजद्रोह, कर्तव्य ज्यान, हातहतियार खरखजाना, विस्फोटक पदार्थ तथा संगठित अपराधको आरोप रहेको प्रहरीको दावी छ।
‘कसैको श्रद्धाञ्जलीको कार्यक्रममा जाँदै थिए भन्ने खबर आएको थियो। त्यसैक्रममा हामी पक्राउ गर्न गयौं,’ प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले भने।
उनलाई पक्राउ गर्न खोज्दा उनीसँग रहेका अन्यले प्रहरीमाथि नै अभद्र व्यवहार गरेको र भगाउन खोजेपछि अन्य पाँच जनालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले २२ वर्षीय लक्की शाह, जिल्ला कमिटीका सदस्य ४० वर्षीय डम्बर सुनार, वर्तमान अखिल क्रान्तिकारीका अध्यक्ष २५ वर्षीय सुवास जोशी, धनगढी उपमहानगरपालिकाका इन्चार्ज ३० वर्षीय प्रकाश रावल र जिल्ला कमिटी बझाङका सदस्य ३० वर्षीय बवरजंग सिंह छन्।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान थालेको प्रहरी कार्यालय कैलालीले जनाएको छ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend