Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरको एक होस्टेलमा शरद यादव मृत फेला


    शुक्रबार, माघ ७ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरको टुटेपानीस्थित होस्टेलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । 

    हानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ललितपुर महानगरपालिका-११ टुटेपानीस्थित रोहित पौडेलले एक भाडामा लिएर सञ्चालन गरेको रोयल ब्वोइज होस्टेलमा एक युवक मृत अवस्थामा फेला परेका हुन् ।

    सप्तरी राजविराज घर भई हाल कुपण्डोल खरिबोट बस्ने २६ वर्षीय शरद यादव बिहीबार मृत फेला परेका हुन् । 

    महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले खएकाे जानकारी अनुसार शवमा बाहिरी चोटपटक देखिएको छैन । सुतेको अवस्थामा यादवकाे मृत्यु भएको देखिन्छ ।

    शव हिजो नै फेला परे पनि मुचुल्का र शव उठाउने काम भने शुक्रबार बिहान मात्रै सुरू भएको हो। 

    यादवको पोष्टमार्टमको लागि अस्पताल लग्ने तयारी भइरहेको छ । घटना शंकास्पद भए/नभएको बारे पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार