काठमाडौं । आजदेखि सार्वजनिक स्थानहरुमा जाँदा कोरोना विरुद्धको खोप लगाएको प्रमाण स्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।
काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का जिल्ला प्रशासन कार्यालयहरुका अनुसार आजदेखि सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ ।
यद्यपि खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ । सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।