Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जिल्ला अस्पताल लमजुङमा ‘हेल्लो डाक्टर’ सेवा सुरु


    शुक्रबार, माघ ७ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । लमजुङलगायत छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित देखिनुको साथ स्वास्थ्य संस्थाहरुमा कोरोनाको आंशका भएका विरामी आउन थालेपछि जिल्ला अस्पताल लमजुङले ‘हेल्लो डाक्टर’ सेवा सञ्चालनमा ल्याएको छ ।

    कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै संक्रमण जोखिम बढिरहको अवस्थामा अस्पतालमा कोरोनाको सम्भावित जोखिम र अन्य बिरामीको चाप बढेपछि घरमै बसेर पनि डाक्टरको परामर्श लिने व्यवस्थासहित हेल्लो डाक्टर सेवा पुन सुरु गरेको अस्पतालले जनाएको छ । 

    कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका व्यक्ति तथा कोरोना भाइरसको आशंका वा लक्षण देखा परेका व्यक्तिले स्वास्थ्य सम्बन्धी सल्लाह तथा परामर्श लिन मोवाइल नंम्बर ९८६४८९६७४५ मा फोन गर्न सक्नेछन् ।

    कोरोना सँग सम्वन्धि मात्र नभई अन्य स्वास्थ्यसम्वन्धी समस्या भएका विरामीहरुले समेत उक्त नम्वरमा सम्पर्क गरी परामर्श सेवा लिन सक्ने अस्पतालले जनाएको छ । 

    कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएका र भाइरसको लक्षण देखा परेका नागरिकलाई अस्पतालका मेडिकल अफिसर लगायतका चिकित्सकले फोनबाटै सल्लाह सुझाव दिनुहुने हुदाँ उनीहरुले सोही अनुसार सतर्कता अपनाउन सक्ने अस्पताल प्रमुख हेमन्त श्रेष्ठले वताए ।  अस्पतालले यसअघि कोरोना संक्रमण जोखिमै अवस्थामा गत बैशाखमा पनि हेल्लो डक्टर सेवा सञ्चालन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार