एजेन्सी । पाकिस्ताका प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री मोदीमाथि हमला गर्दै मोदी साधारण व्यक्ति नभई मानसिक रोगी हुन् र उनले भारतलाई विध्वंसतिर लगेको बताए । पाकिस्तामा छापिने उर्दू पत्रिकामा यसहप्ता कोरोना भाइरसबाहेक इमरान खानले संसदमा दिएको एक बयानमा उक्त कुरा उल्लेख गरेका हुन् ।
पत्रिका दुनियाँका अनुसार इमरान खानले पाँच अगस्ट अघि भारत प्रशासित कश्मीरको समस्यालाई संसारभरी उजागर गर्नका लागि भरपुर आन्दोलन चलाइने जानकारी दिए । इमरानले सो कुरा भारत–पाकिस्तान नियन्त्रण रेखामा बसेका मानिसहरुका लागि कल्याणकारी योजना ‘एहसास इमर्जेन्सी क्यास प्राग्राम’ को उद्घाटनका बेला गरेका हुन् । यो योजना अन्तर्गत नियन्त्रण रेखामा पाकिस्तानतर्फ बसेका एक लाख ३८ हजार परिवारलाई नगद सहायता दिइनेछ ।
इमरान खानले भने, ‘नरेन्द्र मोदी भारत प्रशासित कश्मीरमा नरसंहार गराउँदै छन् र अन्तर्राष्ट्रिय जगतले यसबारे थाहा पाउनुपर्छ । भारत प्रशासित कश्मीरका जनताको स्वतन्त्रताका लागि चलिरहेको संघर्षलाई शक्तिको आडमा दबाउन सकिँदैन ।’