Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, कोरोना देखाउँदै महाधिवेशन सार्ने पक्षमा देउवा


    आइतबार, असार १४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशको पछिल्लो स्थितिबारे छलफल गर्नका लागि नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने बताइएको छ ।

    नेपाली कांग्रेसले २०७७ साल फागुन ७ गतेदेखि महाधिवेशनको मिति तोकेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुनसकेका छैनन् । महाधिवेशनका लागि गत चैतबाटै क्रियाशील सदस्यता वितरण र नवीकरण गर्नुपर्ने काम रोकिएको छ । आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति सार्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

    २०७७ फागुन ७ को महाधिवेशन टार्ने खेलमा देउवा छन् । घोषित मितिमा महाधिवेशन नभएमा २०७८ मा स्थानीय तहको निर्वाचनको बहानामा पुनः सार्ने मौका देउवालाई प्राप्त हुनेछ । विधानतः ४ बर्ष र थपिएको १ बर्षभित्र महाधिवेशन गर्नुपर्ने भए पनि त्यसबीचमा राप्रपाका सुनिलबहादुर थापा लगायतका केही नेतालाई पार्टी प्रवेश गराउने दाउमा उनी छन् । अर्को पार्टीसँग एकता गरेपछि निर्वाचन आयोगबाट ५ बर्षसम्म महाधिवेशन गर्ने समय पाउनेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार