Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु


    बिहिबार, माघ ६ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सर्लाही । जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो ।

    बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै घरमा  तापेकाे आगाे एक्कासी सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घाइते भएकी थिईन् ।

    तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याईएकी उनकाे उपचारको क्रममा गय राति साँढे ११ बजे मृत्यु भएकाे प्रहरीले जनाएको छ । मृतक बृद्धाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको आफन्तले बताएका छन् । पछिल्लो केही दिन यता जिल्लासहित तराईमा बढिरहेको  चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । 

    बिशेष गरी जाडो छल्न विपन्न परिवार आगो बालेर तापिरहेका छन् । न्यानो कपडाकाे अभावमा कयाै‌ं  परिवार रातिसमेत अगेना नजिकै आगोबालेर सुत्ने गर्छन् । त्यसरी आगो ताप्दा शरीरमा आगो सल्किएर यस्ता दुःखद घटना हुने गरेको छ । केही साताअघि मात्रै सदरमुकाम मलंगवा नगरपालिकाको खुटौनामा पनि आगोले जलेर एक जनाको ज्यान गएको थियो ।

    जाडो छल्न असुरक्षित रुपमा आगो ताप्दा ज्यानसमेत जाने भएकोले सावधानी अपनाउन स्थानीय प्रहरी प्रशासनले जिल्ला वासीमा आग्रह गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार