Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगञ्जबाट ५० लाख बराबरको भन्सार छलीका सामानसहित ट्रक र चालक पक्राउ


    बिहिबार, माघ ६ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । जिल्लाको वीरगञ्जबाट रु ५० लाख मूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ  ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ माइस्थानस्थित सडकखण्डबाट प्र–२–०३–००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिइएको थियो  ।  

    बिलबिजकभन्दा बढी खुद्रा वस्तुहरु तथा हार्डवेयर पार्टस लोड गरी काठमाण्डौ जाँदै गरेको उक्त मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय  पठाइएको हो  । 

    ट्रक चालक वीरगञ्ज–२ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार