Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः भियतनाम युद्धदेखि अमेरिकामा विशाल प्रदर्शन


    बिहिबार, माघ ६ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज २१जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु
    सन् १९९८ को २१ जनवरीमा क्रिश्चियन धर्मगुरु पोप जोन पल द्धितीयले पहिलो पटक क्युबाको भ्रमण गरेका थिए । उनी क्युबा गर्ने पहिलो पोप हुन् ।

    अमेरिकामा एतिहासिक महिला प्रदर्शन
    लैंगिक समानता, नागरिक अधिकार माग गर्दै सन् २०१७ को २१ जनवरीमा अमेरिकामा देशव्यापी विशाल प्रदर्शन भएका थिए । सो प्रदर्शन अमेरिकी इतिहासमै अहिलेसम्मकै ठूलो बताइएको छ । प्रदर्शनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महिलाका पक्षमा नीतिगत निर्णय गर्न ठूलो दबाब दिएको थियो ।

    भियतनाम युद्ध
    सन् १९६८ को २१ जनवरीमा भियतनाममा ठूलो युद्ध भएको थियो, जसलाई इतिहासमा खे सान युद्धका नाममा चिनिन्छ । यो भियतनामको इतिहासमै निकै प्रचार गरिएको युद्ध मानिन्छ । युद्धमा ५०० अमेरिकी समुद्री सेनको मृत्यु भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार