Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफ्रिकामा चिडियाखानाका जनावरमा पनि कोरोना पुष्टि, फेरि नयाँ भेरियन्ट आउन सक्ने विज्ञको चेतावनी


    बिहिबार, माघ ६ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा कोरोना भाइरस सरेको छ। जनावरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा अध्ययनपछि बताएका छन्।

    बीबीसीका अनुसार वैज्ञानिकहरूले यदि भाइरस जनावरमा फैलिरह्यो अनि मानिसमा सर्‍यो भने नयाँ भेरिअन्ट उत्पत्ति हुन सक्ने खतरा औँल्याउँदै सचेत गराएका छन्।

    चिडियाखानाका ती जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षणसहित बिरामी परेको रिपोर्टमा उल्लेख छ। रिपोर्टका अनुसार उनीहरूलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको थियो । प्युमा बिरालो परिवारको एक प्रजाति हो ।

    अनुसन्धानकर्ताहरूले चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको तर उनीहरूमा लक्षण भने नदेखिएको पाएका थिए।

    वैज्ञानिकहरूले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन्। यो अनुसन्धान समकक्षीहरूले समीक्षा गरेर प्रकाशित हुने जर्नल भाइरसेसमा प्रकाशित भएको बीबीसीले उल्लेख गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार