काठमाडौं । नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा)को स्थायी समितिको शनिबारको बैठक सम्पन्न भएको छ । बुधबारबाट शुरु भएको बैठकको तेस्रो दिन पनि भारतसँगको सीमा विवादमै केन्द्रित भएर छलफल भएको थियो । आजको बैठकमा २१ स्थायी कमिटी सदस्यले धारणा राखेका छन् । स्थायी समितिको आजको बैठकमा देवेन्द पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनादर्न शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्तले आ आफ्नो धारणा राखेका छन् ।
त्यसैगरी स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, शक्ति बस्नेत, बामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ्, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कँडेलले बोलेका छन् ।
आज बोल्ने सबै नेताहरुले नेपालको सम्पूर्ण भूभाग समेटिएको नक्सा प्रकाशित गर्ने र त्यसलाई संविधानको अनुसूचिमा समेत समावेश गर्ने काम गरेर ऐतिहासिक पहल गरिएको भन्दै सरकारको प्रशंसा गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । नेताहरुले अब राष्ट्रिय एकता कायम गरेर नै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले गम्भिर कदम चाल्नुपर्नेमा सबै नेताहरुले जोड दिएको श्रेष्ठले जानकारी गराएका छन् ।
नेकपाको अर्को वैठक असार १६ गते बस्ने भएको छ । आइतबार मदन भण्डारी जयन्ती भएको हुँदा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र सोमबार असार १५ भएकाले बैठक १६ गते बालुवाटारमै बस्ने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।
शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि सरकारले गरिरहेको पहलबारे जानकारी गराएकाा थिए ।
तेस्रो दिन पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकको शुरुमा उपस्थित भएर केहीबेरमै निस्किएका थिए । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बैठकमा बस्न नसकेको जानकारी दिएका थिए ।
शुक्रबार प्रधानमन्त्री ओली बैठकमा उपस्थित भएका थिएनन् । बैठकलाई छल्न खोजेको भन्दै नेताहरुले प्रधानमन्त्रीको आलोचना समेत गरेका थिए ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend