काठमाडौं । अफ्रिका हुँदै भारतमा आएका सलह किरा नेपालमा पनि आएका छन् । नेपालका सर्लाही, बारा र पर्सामा सलह किराले तरकारी बाली खान थालेका छन् । शनिबार सर्लाही, बारा र पर्सामा सलह देखिएका छन् । सलह फट्यांग्राकै प्रजतिका किरा हो, जसले बालीनालीमा एकसाथ पसरे सखाप पार्नसक्छन् । सलहले बालीनालीको बोटसहित खाने गर्दछ ।
सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको विशाल झुन्ड फेला परेको छ । बाराको निजगढ र सिमारामा पनि बिहान सहल किरा देखिएको छ । सलह देखिएपछि दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको छ ।