Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली नोटसहित धनुषाका दुई युवा पक्राउ


    मंगलबार, माघ ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नक्कली नोटसहित महोत्तरीबाट २ जना पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिवारास्थित भिठ्ठामोड जलेश्वर सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-६ का २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका-१ बस्ने २३ वर्षीय असरफ मोहम्मद रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बा २१ च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्कीभित्र रहेको कालोब्यागभित्र बाहिरी पट्टी नेपाली १००० दरको नोट र पछाडिपट्टी नेपाली १००० को नोट, एक हजार नोटको साइजको कटिङग गरेको ५ बण्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतका नक्कली नोट र कागजात ठूलो मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    दुवै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार