बीरगंज । प्रदेश नम्बर २ को राजधानी जनकपुर बनाएको बिरोधमा मुख्यमन्त्री लालबाबु राउतको बीरगंजस्थित निजी निवासमा ढुंगा प्रहार गर्ने सुमन पटेललाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं ८ घण्टाघरबाट प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्किएको १ सयको संख्याको मोटरसाइकल र्यालीले नगर परिक्रमा गर्ने क्रममा बीरगंजको तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्री राउतको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गरिएको थियो ।
मुख्यमन्त्रीको निवासमा सुमन पटेलले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट राउतको निवासको २ वटा सिसा फुटेकोमा पटेललाई प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । उनीमाथि आपराधिक उपद्रव सम्बन्धी कसूरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।