Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा कोभिड संक्रमण तीव्र: एकै दिन १० हजार भन्दा धेरै संक्रमित


    मंगलबार, माघ ४ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर बिजुली गतिमा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार संक्रमित थपिएका छन् ।

    २२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । नेपालमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ३९ हजार ४४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार