Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरवार बन्यो कोरोना हटस्पट, प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयका ८ सचिवलाई कोरोना संक्रमण 


    मंगलबार, माघ ४ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल सरकारका अधिकांश मन्त्रालयका सचिवहरुमा कोरोना संक्रमण देखिएको छ । सचिव, सहसचिव र उपसचिवहरु अधिकांशमा कोभिड संक्रमण देखिएकाले मंगलबार सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । 

     प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगाना र रामप्रसाद थपलिया कोरोना संक्रमित भई घरमै आइसोलेसनमा छन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सहरी विकास मन्त्रालयका मणिराम गेलाल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्कर कर्णलाई पनि कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालामा पनि कोरोना संक्रमण देखिएको छ ।  
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोभिड संक्रमणपछि घरमै आराम गरिरहेका छन् । मन्त्री आलेलाई कोरोना संक्रमण देखिएकाले सचिव महेश्वर न्यौपाने पनि कन्ट्याक्ट ट्रेसिङमा परेकाले होम क्वारेन्टिन छन् ।

    अख्तियारका आयुक्तमा देखियो संक्रमण, प्रमुख आयुक्तका पीएदेखि बडीगार्ड पनि संक्रमित

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाललाई संक्रमण भएको छ । प्रमुख आयुक्त प्रेमकुमार राईको सचिवालयका पनि अधिकांशमा कोरोना संक्रमण देखिएकाले उनी पनि निवासमा क्वारेन्टिन छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार