Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालविवाह मुद्दामा पाँच जनालाई कैद


    मंगलबार, माघ ४ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दमौली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

    जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो। 

    साथै उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

    उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ।

    दुई जनाको नाम भने खुलाइएको छैन। प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार