Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यात्रुबाहक बसबाट खसेर एक जनाको मृत्यु


    मंगलबार, माघ ४ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । उदयपुरमा हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । उदयपुरगढीबाट गाईघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट उदयपुरगढी गाउँपालिका-५ मा खसेर यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । 

    उदयपुरगढी गाउँपालिका- ५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो । गुडिरहेको बसबाट खसेका राईको बसको पछाडीको टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    बसका चालक रौतामाई गाउँपालिका-७ का राजन राउतलाई नियन्त्रणमा लिईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार