Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशमा ३२ कोरोना संक्रमित थपिए, स्याङ्जाका मात्रै २२ जना


    शनिबार, असार १३ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशमा बितेको २४ घन्टामा ३२ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा स्याङ्जाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बागलुङका ८ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिकाका १, बिरुवा गाउँपालिकाका १ पुरुषमा संक्रमण देखिएको छ । अर्जुनचौपारी गाउँपालिकाका १३ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको छ । वालिङ नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ । बागलुङको काठेखोला गाउँपालिकामा ७ र ढोरपाटनका १ पुरुषमा संक्रमण देखिएको छ ।

    स्याङ्जाका २२ संक्रमितमध्ये वालिङका १ पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार पीसीआर परीक्षणको क्रममा कोरोना संक्रमण देखिएको डा. शर्माले जानकारी दिएका छन् । नवलपरासी सुस्तापूर्वका २ जना पुरुषको शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी पनि दिइएको छ ।

    आज थप भएकासमेत गरी गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ ।

    gandaki.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार