काठमाडौं । नेपाल कम्युनिष्ट पार्र्टी(नेकपा) स्थायी कमिटीको आज दोस्रो दिनको बैठकमा १८ जना सदस्यहरूले बोलेका छन् । शुक्रबारको बैठकमा स्थायी समिति सदस्यहरु लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहराले आ आफ्ना धारणा राखेका थिए । त्यस्तै आजको बैठकमा भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले आ आफने धारणा राखेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा बोल्ने क्रममा स्थायी समिति सदस्यहरुले नेपालको सीमा समस्या र समाधानका बारेमा आआफ्नो धारणा राखेका थिए । बैठकमा नेताहरूले नेपाल–भारत सीमा सिल गरेर तारबार लगाउनुपर्ने माग गरेका थिए । देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसाल, अमृत बोहोरालगायतले सीमा सिल गरी तारबार लाउन माग गरेका थिए ।
कोरोनाका कारण सशस्त्र प्रहरी परिचालित भएकै बेला सीमामा तारबार लाउनुपर्ने उनीहरुको माग थियो ।
बैठकको शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरेका छन् । उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूटो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेका छन् ।
आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली कार्यब्यवस्तताका कारण उपस्थित नभएको जानकारी महासचिव विष्णुप्रसाद पौडेलले दिएका थिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजको बैठकमा आफू उपस्थित नहुने र बैठक सुचारू रूपमा संचालन गर्न भनेको जानकारी पौडेलले दिएका थिए । उपप्रमुख थापाका अनुसार स्थायी कमिटीको अर्को बैठक शनिबार ११ बजे पुनः बस्नेछ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend