Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिद्धिचरण राजमार्गमा जीप दुर्घटनाः एक मृत्यु, पाँच जना घाइते


    सोमबार, माघ ३ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उदयपुर । सिद्धिचरण लोकमार्गको कटारी मरुवा खण्डमा  बोलेरो जीप दुर्घटना हुँदा एक मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी बजारबाट कटारी नगरपालिकाकै वडा नम्वर ८ मा पर्ने सिरिरे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । 

    दुर्घटनामा कटारी नगरपालिका– ८ पाखाटोलका ३८ वर्षे बिक्रम रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटनामा गम्भिर घाइते भएका रानामगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    घाइते हुनेहरुमा कटारी नगरपालिका– ८ पट्नाभज्याङकी ३० वर्षे दिलमाया मगर, १७ वर्षे मनोज खड्का, घुम्तिकै दिपक श्रेष्ठको सात वर्षे छोरा दिबश श्रेष्ठ, ४८ वर्षकी बुद्धमाया श्रेष्ठ, ३६ वर्षीय बेदकुमारी थापा मगर रहेको र घाइते सबैको उपचार कटारी अस्पतालमा भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

    बोलेरो चालक कटारी नगरपालिका– ८ बस्ने २६ वर्षीय प्रेमबहादुर श्रेष्ठ तत्काल फरार रहेकाले खोजी भइ रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार