Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शाहरुख खानको ‘पठान’मा आफैं स्टन्ट दिँदै दीपिका


    सोमबार, माघ ३ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण स्टन्ट दिन रुचाउने कलाकारमा पर्छिन् । उनी आफ्नो स्टन्ट आफैं गर्न रुचाउँछिन् । एथलेट परिवारको पृष्ठभूमिबाट आएकी कारण पनि उनी स्टन्ट दिन डराउँदिनन् ।

    दीपिकाले करियरको सुरुवातमा दुई फिल्म ‘ओम शान्ति ओम’ र ‘चाँदनी चोक टु चाइना’ मा दोहोरो भूमिका निभाइन् । अक्षय कुमारको अभिनय रहेको फिल्म ‘चाँदनी चोक टु चाइना’मा उनले केही स्टन्ट दृश्य दिएकी थिइन् ।

    यिनै दीपिका सिद्धार्थ आनन्दको फिल्म ‘पठान’मा आफैं स्टन्ट दिँदैछिन् । शाहरुख खान र जोन अब्राहमको समेत अभिनय रहेको यो फिल्ममा शाहरुख केही रिस्की एक्सन देखाउँदैछन् ।

    दीपिकाले रजनीकान्तको फिल्म ‘कोचाडैयान’मा दश मिनेटको स्टन्ट दिएकी थिइन् । यो फिल्ममा उनको स्टन्टलाई पिटर हेनले कोरियोग्राफ गरेका थिए । दीपिका पछिल्लोपटक कवीर खानको फिल्म ‘८३’मा क्रिकेटर कपिल देवको श्रीमतीको भूमिकामा देखिएकी थिइन् । यो फिल्ममा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार