Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछामका प्रजिअसहित पाँच कर्मचारीमा कोरोना पुष्टि


    सोमबार, माघ ३ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • माघ । अछामका प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला प्रशासन कार्यालय अछामका पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलगायत पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

    प्रमुख जिल्ला अधिकारीलगायत नागरिकता फाँट र अन्य शाखामा कार्यरत पाँच जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी मरासेनीद्वारा जारी सूचनामा माघ १० गतेसम्मका लागी कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ । 

    प्रमुख जिल्ला अधिकारी मरासिनीका अनुसार प्रजिअ लगायत अन्य कर्मचारीमा ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्नेलगायतका लक्षण देखिएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार