Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समुदायको अठोटले मात्र सामुदायिक विद्यालय बदलिन्छन् : वाईसीएल नेता महतो


    सोमबार, माघ ३ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । चुनौतीपूर्ण बाटोबाट मात्रै सामुदायिक विद्यालय रूपान्तरण गर्न सकिने वाईसीएल नेपाल प्रदेश २ का इन्चार्ज शंकर महतोले बताएका छन् । विद्यालयविनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन बन्ने उनले बताए ।

    महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माद्यामिक विद्यालय पशुपतिनाथ बनरझुल्लाको शैक्षिक रूपान्तरणको छलफलमा युवा नेता महतोले समुदायको अठोटले मात्रै स्कुल बदलिने जिकिर गरे ।

    ‘अठोट लिए मात्रै विद्यालयलाई रूपान्तरण गर्न सकिन्छ,’नेता महतोले भने,‘विद्यालय परिवारले अभिभावकलाई विश्वास दिलाउनुपर्छ अनि मात्रै समुदायले आफ्ना बच्चा स्कुल भर्ना गर्छ । ’ चुनौतीसँग सामना गरेर अघि बढे मात्रै समृद्धिको मार्ग पहिलाउन सकिने उनले बताए ।

    सामुदायिक स्कुल रूपान्तरणका लागि बजेटभन्दा सामुदायिक पहलको जरुरी रहेको नेता महतोको तर्क छ । ‘विद्यालयले अभिभावकसँग छलफल गरेर शैक्षिक योजना बनाउनु पर्छ । त्यसअनुसार काम गर्न सके पक्कै सामुदायिक विद्यालयबाट हामी गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौं,’उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार